आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार (हिजो) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको थियो भने बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री