आर्थिक

नयाँ प्याकमा आयो चोकोफन बिगफन

काठमाडाैं । कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रा. लि. ले चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ । कम्पनीका अनुसार चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफर ४ तहहरु हुन्छन् र त्यसमाथि भनिला स्ट्रिप्स हुन्छ जसको स्वादले उपभोक्तालाई आधिक रमाइलो र खुसीका साथै आनन्द प्रदान गर्दछ । आकर्षक चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बिगफन को नयाँ प्याकेजिङ एकदमै आकर्षित छ । जसले अहिलेको उपभोक्ताको रुचाई र प्राथमिकतालाई सम्बोधन …

पुरा पढ्नुहॊस »

सूर्यदर्शन सहकारीका थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौँ । सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।ग त शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो । दुई साताअघि जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । इन्टरपोलको …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको हो । तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

इलेक्ट्रोनिक्स कम्पनी टीसीएल ४० भन्दा बढी अवार्डबाट सम्मानित

काठमाडौं । इलेक्ट्रोनिक्स कम्पनी टीसीएल इलेक्ट्रोनिक्सले ‘सीईएस २०२४’ मा आफ्नो उत्पादनहरूका लागि ४० भन्दा बढी अवार्डबाट सम्मानित भएको छ । टीसीएलको ११५–इन्च क्यूएम८९१ जी क्युडी–मिनी एलईडी टीभीलाई सन् २०२३–२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोहमा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’को नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ । एसिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा टीसीएलको प्रख्याततालाई चिन्हित गरेको कम्पनीको भनाइ …

पुरा पढ्नुहॊस »

लक्ष्य अनुसार राजश्व लक्ष्य नउठ्दा सरकार दबाबमा छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन् । मन्त्री महलते राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको जानकारी गराए । उनले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके …

पुरा पढ्नुहॊस »

पुवा खोला-वान हाइड्रोको बिक्री प्रबन्धकमा एलएस क्यापिटल, आईपीओ आउने

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एलएस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता सेयर निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौता-पत्रमा पुवा खोला-वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । …

पुरा पढ्नुहॊस »

कमेडी च्याम्पियन सिजन ३ को मुख्य प्रायोजक डिशहोम फाइबरनेट

काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजनको मुख्य प्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ। आगामी फागुन ३ र ४ गतेबाट निरन्तर प्रसारण हुने शोको पावर्ड बाई स्पन्सरमा डिशहोम रहने भएको हो। होटल याक एण्ड यतिमा आयोजित कार्यक्रमा डिश मिडिया नेटवर्कका प्रबन्धनिर्देशक सुदिप आचार्य र एडी रिलिजबीच कार्यक्रमको प्रायोजन गर्ने सम्झौता भएको हो। तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केही ज्येष्ठ नागरिकसम्म, तराई मूलदेखि …

पुरा पढ्नुहॊस »

छिमेक लघुवित्तको सिइओमा दीपकनिधि तिवारी

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपकनिधी तिवारी नियुक्त भएका छन् । माघ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओ पदमा नियुक्त गरेको हो । उनले माघ ११ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको सञ्चालकमा मनिषजंग जोशी

काठमाडौँ । नेपाल टेलिकम (एनटीसी) को सञ्चालकमा मनिषजंग जोशी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् । नव निर्वाचित जोशीले माघ ५ गते गोपनयता तथा इमान्दारीताको शपथ लिएका छन् । उनी सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।

पुरा पढ्नुहॊस »