आर्थिक

पुराना स्मार्टवाच नयाँ मोडेलहरूसँग साट्न सकिने

काठमाडौँ । ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्तीसपुतलीमा हुने जनाइएको छ । नेपालमा स्मार्टवाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको राखेर गर्न लागिएको मेलामा सहभागीहरूले पुराना स्मार्टवाचहरू नयाँ मोडेलहरूसँग साट्न सक्नेछन् । साथै नयाँ खरिदमा पनि विशेष छुटहरू र रोमाञ्चक खेलहरूमा भाग लिई उपहार जित्ने अवसर प्रदान गरिने आयोजककाे भनाइ छ । ब्रदरमार्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

नेप्सेमा ४४ अंकको वृद्धि, तीन अर्ब ७१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ४४ अङ्कको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अङ्कले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो । आज ३१९ कम्पनिको कारोबार हुँदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज प्रभु सेलेक्ट फन्डको शेयर मूल्य सबै भन्दा बढी ९.३६ …

पुरा पढ्नुहॊस »

नेपालको पहिलो अफ-रोडर एसयुभि जेइको जेसिक्स, लाइभस्ट्रिममार्फत सार्वजनिक

काठमाडौं । एसपिजि अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ। ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भयो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथीहरू, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिती रह्यो। नेपाली बजारमा इलेक्ट्रिक एसयुभि ओमोडा इफाइभले सफलता पाएपछि, एसपिजि अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ-रोडर एसयुभि नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो। …

पुरा पढ्नुहॊस »

बाढीपीडितलाई १ करोड बढी सहयोग गर्ने भाटभटेनीको घोषणा

काठमाडौं । भाटभटेनी सुपरस्टोरले केहि दिनअघि आएको बाढीपहिरोका कारण पीडित भएका सर्वसाधारणका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा प्रदान गर्न लागेको बताए ।उनले पछिल्लो अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए । उनले भने, ‘अहिले बाढी …

पुरा पढ्नुहॊस »

वायुसेवा निगमका ‘क्याबिन क्रु’ को विरोध प्रदर्शन

काठमाडौं । आफूहरुमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’ हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

पुरा पढ्नुहॊस »

बाढीपहिरोबाट क्षति पुगेका गाडी टाटाले घरमै गएर मर्मत गरिदिने

काठमाडौं । टाटा मोटर्सले देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो तथा डुबानबाट क्षति पुगेका गाडी मर्मतका लागि आपत्कालीन सेवा सुरु गरेको छ । कम्पनीले क्षति पुगेका आफ्ना प्यासेन्जर गाडीमा थप क्षति हुनबाट रोक्न आपत्कालीन सर्भिस सुविधाको व्यवस्था गरेको बताएको हो । यसका लागि टाटा मोटर्सको हटलाइनमा सम्पर्क गरी घरमा नै यो सुविधा लिन सकिने कम्पनीले बताएको छ । टाटा मोटर्सको सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान …

पुरा पढ्नुहॊस »

टेमेनोस र बाहवान साइबरटेक साझेदारीबाट लाभान्वित हुने तयारीमा नेपाल

काठमाडौं । ग्लोबल ब्यांकिङ सफ्टवेयर कम्पनी टेमेनोसले डिजिटल ट्रान्सफर्मेसन फर्म बाहवान साइबरटेक (बीसीटी) सँग बहु–देशीय मोडेल ब्यांक विकास सम्झौतामा हस्ताक्षर गरेसँगै नेपालका वित्तीय संस्थाहरू महत्वपूर्ण प्राविधिक स्तरोन्नतिको लागि तयार छन् । यस साझेदारीले टेमेनोस कन्ट्री मोडेल ब्यांकहरूको विकास र बजारीकरण गर्ने लक्ष्य राखेको छ । जसले पूर्व(आकार दिइएको ब्यांकिङ कार्यक्षमता र देश – विशिष्ट स्थानीयकरणलाई प्रस्तावित गर्दछन् । सम्झौताले स्थानीय वित्तीय संस्थाहरूको लागत र जोखिमलाई कम गर्दै उन्नत ब्यांकिङ समाधानहरू …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

टेलिकमको दशैँ अफर

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठलगायतका अवसरमा दशैँ अफर २०८१ ल्याएको छ । अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटिटिएचका प्याकेज कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् । अफरअन्तर्गत साबिकका एफटिटिएचका प्याकेजमा साबिककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबिपिएस गतिका एफटिटिएच डाटा तथा कम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबिपिएस …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ क्यापिटलको ७.५ प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटलको १५औँ वार्षिक साधारणसभा अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीका सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पनि पारित गरेको छ । …

पुरा पढ्नुहॊस »