बैंकिङ्ग

ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौँका ४ रेस्टुरेन्टमा छुट

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित चार रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित अचार घर, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एन्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार तथा कमलादीस्थित क्याफे लायन हार्ट तन्दुरी किचनमा बैंकका ग्राहकहरूले १०% सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई १ लाख नगदसहित सम्मान

काठमाडौँ । अविरल वर्षासँगै शनिबार ललितपुर महानगरपालिका वडा न. १३ स्थित नख्खुखोलामा शनिबार आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ । आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच तामाङले जोखिमका बीच देखाएको साहसको प्रसंशा गर्दै १ लाख नगदसहित सम्मान गरेको हो । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सातै प्रदेशमा ‘प्रदेश विशेष कृषि कर्जा’ योजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली कृषि क्षेत्रको प्रवर्द्धन गर्दै सातै प्रदेशमा लागू हुने ‘प्रदेश विशेष कृषि कर्जा’ योजना घोषणा गरेको छ। कृषि उत्पादनलाई प्रवर्द्धन गर्नका लागि प्रदेशअनुसारका विशेष उपजमा आधारित कर्जा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो। बैंकले यस योजनाअन्तर्गत कृषिमा आबद्ध १८ देखि ६५ वर्ष उमेर समूहका कानूनी रूपमा फर्म वा कम्पनीमा दर्ता भएका नेपाली नागरिकलाई अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउनेछ। यस कर्जा …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले बैंकको ग्राहक तथा समुदायका सदस्यहरुलाई मध्यनजर गर्दै असोज १३ गते विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहकहरू र समुदायकामा रहेका सदस्यहरुलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं । सानिमा बैंकले आईएसओ २७००१ः०२२ प्रमाणपत्र प्राप्त गरेको छ। सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धित बैंकका सेवा तथा सुरक्षित र भरपर्दो बैंकिङ आईसेवा आन्तरिक र बाह्य प्रयोगकर्तालाई उपलब्ध गराएकोले बैंकले उक्त प्रमाणपत्र पाएको हो। बैंकले ग्राहकको डेटा सुरक्षा र आफ्नो प्रणालीलाई प्राथमिकता दिँदै आएको छ। अहिले पाएको प्रमाणपत्र हाल रहेको प्रमाणपत्रभन्दा माथिल्लो स्तरको हो। बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)को मूल्यांकनपछि पछिल्लो प्रमाणपत्र प्राप्त भएको बैंकले जनाएको छ।

पुरा पढ्नुहॊस »

कलेज अफ मेडिकल साइन्सेजमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १० स्थित कलेज अफ मेडिकल साइन्स र र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रिला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सेजका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्सेजसँग प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउनेछन्। सीओएमएसमा उपचार गर्दा औषधि, सिटी …

पुरा पढ्नुहॊस »

दराजसँग दशैं धमाका योजनाका लागि सानिमा बैंकद्वारा सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । …

पुरा पढ्नुहॊस »

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । देशभर अविरल वर्षाबीच बाढीपहिरोपीडितको राहतका लागि बैंकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री राहत कोषमा उक्त रकम उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताउनुभएको छ । यसपटक बाढीपहिरोका पीडितका लागि प्रधानमन्त्री राहत कोषलाई रकम सहयोग प्रदान गर्ने सिटिजन्स बैंक पहिलो बैंक हो । यसैबीच …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंक र निओ रेमिटबीच सहकार्य

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाइटेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका जुनसुकै देशमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाइटेड रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका दुई सय ९४ शाखा कार्यालयबाट भुक्तानी पाउन सक्ने बताइएको छ । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुने बैंकले जनाएको छ । …

पुरा पढ्नुहॊस »