बैंकिङ्ग

ग्लोबल मनि विकको अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने उदेश्यले Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको हो। यस अवसरमा कामना सेवा विकास बैंकले गोलबजार नगरपालिका, …

पुरा पढ्नुहॊस »

आरविवि मर्चेन्ट बन्यो घरेलु लघुवित्तको सेयर रजिष्ट्रार

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ । मंगलबार बसेको संस्था सञ्चालक समितिको बैंठकले आरविवि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब घरेलु लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरविवि मर्चेन्ट मार्फत हुनेछ ।

पुरा पढ्नुहॊस »

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ। यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्। छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’ को अवसरमा देशभर वित्तीय साक्षरता अभियान गर्ने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो । यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ Protect Your Money, Secure Your Moneyभन्ने मुलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिँदै छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले ‘ग्लोबल मनी वीक’को अवसरमा सुरुगर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो नवीनतम डिजिटल उपकरण रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । विगत २५ वर्षदेखि बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैंक लिमिटेडले आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको हो । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ । ग्लोबल मनी वीक …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको ‘ग्लोबल मनि वीक’ कार्यक्रम

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले सोमवार ग्लोबल मनि वीक कार्यक्रम सञ्चालन गरेको छ । सन् २०१२ देखि मार्च महिनामा संसारभरी मनाउँदै आएको साक्षरता कार्यक्रमको एउटा हिस्साको रुपमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि वीक सन्दर्भमा कृषि विकास बैंक लिमिटेड, वागमती प्रदेश कार्यालय, गौशाला, काठमाडौंको संयोजनमा शाखा कार्यालय पाँचखालले यो कार्यक्रम आयोजना गरेको हो । पाँचखाल नगरपालिकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमा ग्लोबल मनि वीकको पहिलो दिनको वित्तीय साक्षरता कार्यक्रम …

पुरा पढ्नुहॊस »

महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका आचार्य बर्खास्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य बर्खास्त भएका छन् । बैंकको महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा आचार्यलाई बर्खास्त गरिएको हो । एक सार्वजनिक कार्यक्रममा बैंकको कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै आचार्यमाथि छानबिन भएको थियो । आन्तरिक अनुसन्धानबाट आचार्यको बयान लिइएकोमा चित्त बुझ्दो जवाफ नमिलेपछि उनलाई नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार बर्खास्ती गरिएको हो । पुसमा नगरकोटमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्र बैंककै एक महिना कर्मचारीमाथि …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्ठी सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ नामक दुई दिने कार्यगोष्ठी/सेमिनार सम्पन्न गरेको छ। बैंकले गत फागुन २६ र २७ गते चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रिय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकहरूको उपस्थितिमा उक्त कार्यगोष्ठी सम्पन्न गरेको हो। उक्त कार्यगोष्ठीमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकरात्मकताबीच आगामी दिनहरूमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा ४ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कुल र कैलालीको धनगडी–४ स्थित सीसीएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यस्तै ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्यान्ड परिसरमा र सुर्खेतको विरेन्द्रनगर–११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको हो । वित्तीय …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दिगो बैंकिङ वृद्धिको लागि व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको बारेमा अर्थविद्, बैंकिङ्ग विज्ञ तथा उद्यमीहरूका बीचमा व्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको हो । सम्मेलन भोलि काठमाडौँ आयोजना हुनेछ । नेपाल सरकारका माननीय …

पुरा पढ्नुहॊस »