काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा ४जना बैंकर चयन भएका छन् । बुधबार सम्पन्न एबीएको साधारणसभाले ३ नयाँ सदस्यलाई कार्यसमितिमा भित्र्याएको हो भने १ सदस्य दोहोरिएका छन् । संघको सदस्यमा प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर दोस्रो कार्यकालका लागि दोहोरिँदा लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाह, नबिलका मनोज ज्ञवाली र नेपाल एसबीआईका रामकुमार तिवारी नयाँ सदस्य बनेका हुन् ।
यसैगरी सानिमा बैंकका सीईओ निश्चल पाण्डेको कार्यकाल सकिएको छ । सिद्धार्थका सुन्दर कँडेलको कार्यकाल पनि केही दिनमा सकिँदैछ । यसैगरी प्रहरी हिरासतमा रहेका प्रभुका अशोक शेरचनको कार्यकाल पनि सकिन लागेकामा नयाँ सदस्य चुनिएका हुन्। एनबीएले बैंकिङ क्षेत्रमा योगदान गरेको भन्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष डा. उपेन्द्र महतोलाई सम्मान गरेको छ ।
तपाईंको प्रतिकृया




