बैंकिङ्ग

ग्लोबल आइएमई बैंकले त्रिवि आयुर्वेद क्याम्पसमा गर्यो वृक्षारोपण

काठमाडौं । आज ग्लोबल आइएमई बैंकले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिव मंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा विरुवा रोपेर गरेका थिए । विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्तगत क्याम्पस परिसर तथा शिक्षण …

पुरा पढ्नुहॊस »

हस्तक्षेप गरेरै ब्याजदर घटाउने अर्थमन्त्रीको प्रयास असफल

काठमाडाै । हस्तक्षेप गरेरै भएपनि बैंकको ब्याजदर घटाउने अर्थमन्त्री जनार्दन शर्माले वताएका थिए । त्याे भने तत्कालका लागि पूरा नहुने भएको छ । केहीदिन अगाडि अर्थमन्त्री शर्माले सार्वजनिक रुपमा ब्याजदर घटाउने कुरा बताएका थिए । उनले ब्याजदर टाइट गर्न खाेजेपनि ब्याजदर कसरी घटाउन सकिन्छ भन्ने सम्बन्धमा सुझाव दिन गठित अध्ययन समितिले ब्याजदरमा सरकारले हस्तक्षेप गर्न नहुने र बजारलाई स्वतन्त्र छाड्नुपर्ने सुझाव पेश गरेपछि तत्काललाई शर्माको अभिव्यक्ति अनुसार ब्याजदरमा परिवर्तन नहुने भएकाे …

पुरा पढ्नुहॊस »

५ वर्ष अगाडीको नगद लाभांश लिन आउन सिभिल बैंकको आग्रह

सिभिल बैंकले नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आउँन आग्रह गरेको छ।बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्सका केही शेयरधनीहरुले नगद लाभांश लिन बाँकी रहेकोले नगद लाभांश लिन आउनका लागि आग्रह गरेको हो । बैंकले विगत ५ वर्ष भन्दा पहिलादेखीको नगद लाभांश संकलन गर्न बाँकी रहेका शेयरधनीहरुलाई लाभांशहरु बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटलको कार्यालय सिभिल ट्रेड सेन्टर …

पुरा पढ्नुहॊस »

विद्यार्थीलाई मेगा बैंकको वित्तीय साक्षरता

काठमाडाै । मेगा बैंक नेपाल बिर्तामोड शाखाले बिर्तामोड १ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । विद्यार्थीलाई बचत, लगानी र कर्जालगायत विभिन्न बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले वित्तीय साक्षरता प्रदान गरेको मेगा बैंकको बिर्तामोड शाखाका रिलेसनसीप म्यानेजर प्रमोद ढकालले वताए । बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि बैकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको जानकारी दिए । इष्टर्न …

पुरा पढ्नुहॊस »

३ बैंकको लाभांश घोषणा

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत वर्षको भन्दा केही ढिला लाभांश वितरण गर्ने प्रस्ताव भएकाेले ३ वटा बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंक, सिटिजन्स बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यी ३ वटै बैंकले बोनस सेयर वितरण नगर्ने …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका सीईओ पोखरेलकाे पौने २ करोड पारिश्रमिक

काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले वार्षिक पौने २ करोड रुपैयाँ बराबरको पारिश्रमिक लिएका छन् । बैंकले सार्वजनिक गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार सीईओ पोखरेलले एक वर्षको अवधिमा १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ कूल पारिश्रमिक बुझेका छन् । पाेखरेलले आर्थिक वर्ष २०७८/२०७९ मा तलब वापत ८४ लाख रुपैयाँ, भत्ता वापत ६० लाख रुपैयाँ, दशैंभत्ता वापत ९ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानल …

पुरा पढ्नुहॊस »

सनराइज बैंकका ब्राण्ड प्रमुख थापा ‘बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर’ बाट सम्मानित

काठमाडौं । सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर बाट सम्मानित भएका छन् । आश्विन १३ गते सिजन मिडिया प्रालिद्वारा दुबईमा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर सनराइज बैंकका ब्राण्ड व्यवस्थापन तथा सिएसआर र मिडिया विभागका प्रमुख थापाले प्राप्त गरेका हुन् । उक्त अवार्ड युपिएफ एसिया प्यासिफिकका का सह–अध्यक्ष डा. रोबर्ट एस. किटेल (अमेरिका) र पूर्व मन्त्री माननियय …

पुरा पढ्नुहॊस »

१८ अर्ब २५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक २२ गते परिपक्व …

पुरा पढ्नुहॊस »

सानिमा बैंक अब ठिमी र कपनमा

काठमाडाैं । सानिमा बैंक लिमिटेडले ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरेका हुन् । समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा ७ जना ग्राहकहरुलाई बीमा सुविधाबापतको रकम भुक्तानी

काठमाडाैं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकहरुलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ। उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमशः ३३ हजार २५०, ३८ हजार ०००, ३८ हजार, ३८ हजार, १७ हजार १००, २८ हजार ०७७.२५, र ३८ हजारबराबरको …

पुरा पढ्नुहॊस »