गरिमा विकास बैंकले तीजको अवसरमा टिकटक प्रतियोगिता गर्ने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ ।

करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं सङ्गीतकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

बैंकको आधिकारिक युटुव च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ ।

साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ ।

यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरूमध्ये प्रथमलाई रु ३० हजार द्धितियलाई रु २० हजार तृतीयलाई रु १० हजार र बाँकी ७ वटा भिडियोलाई जनही रु ५ हजार सान्त्वना पुरस्कार राशि प्रदान गरिने बैँकले बताएको छ ।

बैंकले टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले भिडियो बनाउँदा विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पूर्ण पालना गर्नुपर्ने बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री