बैंकिङ्ग

एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

काठमाडाैं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ। नबिलका अनुसार एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो। एक्जिम बैंकले सुक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायता अन्तर्गत सदस्यता प्रदान गरेको हो। यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ …

पुरा पढ्नुहॊस »

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो । चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय बैंकले चालु आवको पहिलो …

पुरा पढ्नुहॊस »

सिभिल बैंकले थालनी गर्‍यो डिजिटल सुदूरपश्चिम अभियान

काठमाडाैं । सिभिल बैंकले डिजिटल सुदूरपश्चिमको थालनी सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ। धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पानीपुरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजीटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गरेकी थिइन्।  उक्त …

पुरा पढ्नुहॊस »

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सबै बैंकिङ कारोबार नेपाल बैंकले गर्ने

काठमाडाैँ । नेपाल बैंक लिमिटेड र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबारसम्बन्धी सम्झौता भएको छ । विमानस्थलको सबै बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने गरी सम्झौता भएको हो । बुधबार पोखरामा भएको सम्झौतामा नेपाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले हस्ताक्षर गरेका हुन् । नायब सीईओ पन्तले बैंकले विमानस्थलमा हुने बैंकिङ कारोबारमा कुनै गुनासो नआउने प्रतिबद्धता जनाइन् । विमानस्थल …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघ-संस्थालाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संघसंस्थालाई सहयोग गरेको छ । देशका विभिन्न स्थानमा रहेका शाखाहरुले सामाजिक उत्तरदायित्व अनुसार नगद लगायत अन्य आवश्यक सामग्री सहयोग गरेको बैंकले जनाएको छ । काठमाडौंका थापाथलीमा रहेको बैंकको शाखाले त्रिपुरेश्वरमा रहेको नेपाल दृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुका लागि ब्रेल पुस्तक तयार गर्न १ हजा ८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ । उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग …

पुरा पढ्नुहॊस »

सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंकले खोल्यो १२३औँ शाखा

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा आफ्नो १२३औँ शाखा उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरेका हुन्। उक्त उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकी, लालबन्दी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोती लाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने साथै बैंकका बजार …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा, कति प्रतिशत ?

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ३७२ औं बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो । बैंकको आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रूपैयाँ उनान्नब्बे पैसामा ४.७५ प्रतिशतले हुन आउने रकम पैँतालीस करोड अड्तीस लाख …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र युएसआईडीको उद्यम नेपालबीच सम्झौता

काठमाडाैं । प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच व्यापार र प्रतिस्पर्धात्मकता अन्तर्गतको सहयोग सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुजले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे । सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा …

पुरा पढ्नुहॊस »

सानिमा बैंकका ग्राहकले १४ विभिन्न मर्चेन्टमा छुट पाउने

काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ। उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु÷सेवाहरुको खरिदमा विशेष छुट पाउने भएका हुन्। बैंकले कुलेश्वर चिकेन स्टेसन, गणपति पोलिक्लिनिक प्रालि, द पनाछें ब्युटी स्टुडियो एण्ड ट्रेनिङ सेन्टर, टाइमलेस मोमेन्ट्स होटल, आवरण स्किन क्लिनिक प्रालि, यारा बेकरी, कोर्डिस …

पुरा पढ्नुहॊस »

एनसीसी बैंकको नगद लाभांश खातामा जम्मा, नपाउनेले के गर्ने ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले यस वर्षको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । बैंकको मंसिर २ गते सम्पन्न २५औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले हाल कायम चु्क्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजारको आधारमा ३ दशमलव ३६ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ६३ प्रतिशत …

पुरा पढ्नुहॊस »