प्रदिप नेपाल

चितुवाको आक्रमणबाट अर्घाखाँचीमा बालकको मृत्यु

अर्घाखाँचीकाे सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा …

पुरा पढ्नुहॊस »

आजकाे माैसमः केही क्षेत्रमा वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले …

पुरा पढ्नुहॊस »

जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : बालेन साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए । उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धतासमेत जनाए । उनले भने, ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब …

पुरा पढ्नुहॊस »

नबिल बैंक आइजे ग्लोबल म्यागजिनको शीर्ष २० बैंकहरूको सूचीमा सूचीकृत

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आइजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league तालिकामा सुचीकृत भएको छ । IJ Global Euromoney संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। IJ Global ले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ, जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र सुर्खेतकाे बज रेस्टुरेन्टबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र सुर्खेत स्थित बज रेस्टुरेन्टबीच सम्झौता भएको छ। बैंक र रेस्टुरेन्टबीच बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। सो समझदारी पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले बज रेस्टुरेन्टका सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउनेछन् । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ। यस्तै मोबाइल बैंकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंकका तीन वटा शाखाको एकैदिन उद्घाटन

लुम्बिनी विकास बैंकले एकैदिन तीन शाखा कार्यलयको उद्घाटन गरेको छ। बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ र गौरीगङ्गा नगरपालिका वडा नं. ७ मा शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या ८६ पुगेको छ। बैंकको कृष्णपुर शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हेमराज ओझाले संयुक्तरुपमा गरेका हुन्। लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष …

पुरा पढ्नुहॊस »

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ-२०२२ जेठ २० मा हुने

पछिल्लो समय मुलुकको अर्थतन्त्रको डिजिटाइजेसनको तीब्रतालाई मध्यनजर गर्दै ब्राण्डवर्थ प्रा लिले फोन पे डिजिटल इकोनोमी कन्क्लेभ-२०२२ आगामी जेठ २० (जुन ३, २०२२) मा आयोजना गर्न लागेको छ । कोभिड-१९ ले नेपालीलाई डिजिटल प्रविधीका अनेकौं आयाम जस्तै इकमर्श, डिजिटल पेमेन्ट, अनलाइन शिक्षा आदिमा अभ्यस्त गराउनुका साथै डिजीटाइजेसन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रुपमा स्थापित भएको छ । डिजिटाइजेसनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीहरुका बारेमा यसका प्रमुख सरोकारवालाहरुलाई एकै छानामुनी ल्याई बृहत छलफलको …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनकाे परिणामले दलहरुलाई सचेत गराएको छः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताएका छन् । आज चितवनमा पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरुलाई केही सङ्केत गरेको चर्चा गर्दै उनले भने, “स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई जनताले टाढा राख्न खोजेको नभइ केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ।” स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरुले अहिलेको निर्वाचनले गरेको सङ्केतलाई …

पुरा पढ्नुहॊस »

आजदेखि भक्तपुरमा पनि मेलम्चीको पानी वितरण

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो । सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र …

पुरा पढ्नुहॊस »

२१ जनामा काेराेना सङ्क्रमण पुष्टि, १३ जना सङ्क्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ६२८ जनाको नमूना परीक्षण गरिएको थियो। दुई हजार २५ जनाले पिसीआर र एक हजार ६०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा १३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार २४ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव …

पुरा पढ्नुहॊस »