नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ। मंगलबार कारोबार सुरू भएको साढे २ घण्टामै सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो। यसअघि १२:३८ बजेसम्ममा नेप्से सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजार पुनः लगातार बढेर ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारको लागि कारोबार बन्द भएको छ । मंगलबार नेप्से १३७ अंकले बढेर २४१८ …
पुरा पढ्नुहॊस »प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस, अर्काे बैठक पुस ६ गते बस्ने
प्रतिनिधिसभाको बैठक ६ पुससम्मका लागि स्थगित गरिएको छ। संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्काे बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्। मंगलबारको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेर अवरोध गरेका थिए। मंगलबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, …
पुरा पढ्नुहॊस »इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको अमेरिकाको भौगाेलिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ। देशको पूर्वी नुसा टेंगारास्थित फ्लोर्स समुद्रमा सो भूकम्प गएको हो। समुद्रबाट पाँच किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको स्थानबाट एक हजार किलोमिटर क्षेत्रभित्र सुनामी आउन सक्ने चेतावनी दिइएको छ। इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ। सन् २००४ मा ९ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछिको सुनामीमा …
पुरा पढ्नुहॊस »दोस्रो चरणको मतदानमा निधिले पनि देउवालाई सहयोग गर्ने
नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन्। मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। ‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास चाक्सीबारी र त्यसपछि विमिलेन्द्र निधि निवास पुग्नुभयो। सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ निधिले निःसर्त …
पुरा पढ्नुहॊस »सुनको मूल्य तीन सयले बढ्यो
मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार आठ सय रुपैयाँ कायम भएको हो। तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले …
पुरा पढ्नुहॊस »ओमिक्रोनबाट बेलायतमा पहिलो पटक मृत्यु
बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्। आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमित बिरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको थियो। कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गर्दै आएका छन्। नयाँ भेरियन्ट तीव्र बढेपछि सरकारले अर्को सातादेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको छ। पछिल्लो समयमा …
पुरा पढ्नुहॊस »रामचन्द्र पौडेलद्वारा महाधिवेशन प्रतिनिधिलाई चियापानकाे आयोजना
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन्। उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। पौडेलले जारी महाधिवेशनको प्रक्रियाबाट आफू अलग भएको बताएका थिए । आज जारी मतदानमा उनी सहभागी भएनन् । इतरपक्षबाट आफू साझा उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रक्रियाबाट बाहिरिएका हुन्। इतर पक्षबाट शेखर …
पुरा पढ्नुहॊस »नेकपा एमालेको केन्द्रीय सदस्यमा रामेछापबाट गीता कार्की मनोनित
नेकपा एमालेको केन्द्रीय सदस्यमा रामेछापबाट गीता कार्की मनोनित भएकी छिन्। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले कार्कीसहित ४४ भन्दा बढी केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन्। कार्कीले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नै केन्द्रीय सदस्यको उम्मेद्वारको घोषणा गरकी थिइन्। तर, सर्वसहमतिमै सदस्य चयन हुने भएपछि मनाेनयन दर्ता गराएकी थिइनन्। कार्की १० औं राष्ट्रिय महाधिवेशनमा रामेछापबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् । …
पुरा पढ्नुहॊस »सांग्रिला डेभलपमेन्ट बैंकको १०५ औं शाखा बर्दियाको सानोश्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकले सोमबारदेखि सानोश्री, बर्दीया शाखा सञ्चालनमा ल्याएको छ। बैंकले शहरी तथा ग्रामीण क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै मधुवन नगरपालिका वडा नं. ६, सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो। सानोश्री शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०५ पुगेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न
ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनिहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ …
पुरा पढ्नुहॊस »