नेपालमा चिसो झन बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियसमा झरेको छ। यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ। धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ। नेपालगन्जको न्यूनतम तापक्रम ९, …
पुरा पढ्नुहॊस »कांग्रेस महाधिवेशन: आजबाट पदाधिकारीकाे मतगणना हुँदै
नेपाली कांग्रेस १४औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज बुधबारबाट सुरु हुने भएको छ। कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए। पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो। सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। पहिलो चरणको …
पुरा पढ्नुहॊस »निर्वाचित देउवाले पाए २७३३ मत, शेखर कोइराला ८७८ मतान्तरले पराजित
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भएका छन्। कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित शेरबहादुर देउवाले २७३३ मत प्राप्त गरेका छन् । त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् । २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।
पुरा पढ्नुहॊस »कुनै पद लिने शर्तमा देउवालाई समर्थन गरेको होइन: नेता सिंह
नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको दाबी गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणको निर्वाचनमा आफूले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका लागि सम्झौता गरेको भन्ने ढंगका समाचारहरु आएको भन्दै नेता सिंहले त्यस्ता समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन …
पुरा पढ्नुहॊस »नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २५ औं वार्षिकोत्सव सम्पन्न
नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थापनाको २५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाइएको छ । २८ असोज ०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ । मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । सन १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको …
पुरा पढ्नुहॊस »कलाकारद्वय मदनकृष्ण र हरिवंश आचार्य नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त
हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले …
पुरा पढ्नुहॊस »मेगा बैंकको ११ औं बार्षिक साधारणसभा सम्पन्न, १२.०७ प्रतिशत लाभांश पारित
मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ। काठमाडौँमा मंगलबार सम्पन्न बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैँयाँ ३८ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने …
पुरा पढ्नुहॊस »इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते
मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मे १ ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट तल खस्दा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँका ४० वर्षीय भरत घिमिरेको मृत्यु भएको हो। दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः २६४ जनामा संक्रमण, ३६२ जना डिस्चार्ज
थप २६४ जनामा कोरोना (कोभिड–१९) संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या ८ लाख २४ हजार ७ सय ६४ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८९ जना रहेकाे छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज ३ सय ६२ जना डिस्चार्ज भएसँगै …
पुरा पढ्नुहॊस »कांग्रेसकाे सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु
नेपाली कांग्रेसकाे सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान सुरु भएको हो । केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसालेका छन्। १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिमा प्रत्यासी थिए। जसमा देउवाले २२५८ मत पाएका थिए । कोइरालाले १७०२, निधिले …
पुरा पढ्नुहॊस »