प्रदिप नेपाल

एनएमबि बैंकद्वारा लालबन्दीका तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान

एनएमबि बैंकद्वारा लालबन्दी (सर्लाही) का तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ। कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो। बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसँग अन्तर्कृयासमेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो । कार्यक्रममा …

पुरा पढ्नुहॊस »

आज सातै प्रदेशले बजेट ल्याउँदै

आज देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन्। संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन्। सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्। प्रदेश सरकारले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन्। खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना …

पुरा पढ्नुहॊस »

आज पनि प्रतिनिधिसभा बैठक : मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्‍नेछ। पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएकाे प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन्। आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चारमन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिनेछन्।

पुरा पढ्नुहॊस »

एएफसी एसियन कप छनोट : नेपाल इण्डोनेसियासँग ७–० को फराकिलो अन्तरले पराजित

एएफसी एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार भोगेको छ। कुवेतमा मंगलबार राति भएको खेलमा नेपाल इण्डोनेसियासँग ७–० को फराकिलो अन्तरले पराजित भएको हो। जाबिर अल अहमद स्टेडियममा पहिलो हाफ २–० ले पछि परेको नेपालले दोस्रो हाफमा ५ गोल खाएको थियो । महत्वपूर्ण मानिएको खेलमा नेपाललाई फराकिलो अन्तरले पराजित गरेसँगै इण्डोनेसिया एसियन कपमा छनोट भएको छ। छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इण्डोनेसियालाई अग्रता दिलाएका थिए । ३३ औं …

पुरा पढ्नुहॊस »

प्रदेश १, बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आज बिहान प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भएको छ। दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति प्रदेश १ र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। बिहीबार प्रदेश १, मधेश, …

पुरा पढ्नुहॊस »

आईसीसी विश्वकप लिग २ : नेपालद्वारा ओमान ७ विकेटले पराजित

आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ। मंगलबार राति टेक्सस स्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्याे । नेपालको जितमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ११४ रनको पार्टनरसिप खेले । आसिफले ६२ रन बनाए भने कुशल ५६ रनको योगदान गरे । यस्तै, देव खनाल १०, रोहित पौडेल …

पुरा पढ्नुहॊस »

खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता गर्ने

धान दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ। महासंघको सोमबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर खेलाडी खेतमा दुई दिन भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो। त्यस्तै महासंघले मंसिर १४ गते स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्सव आयोजना गर्ने भएको छ। महासंघले देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्लालेन्डर बनाउने भएको छ। उसले महासंघमा आवद्ध …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगले भाेलिदेखि मतदाता नामावली पुनः संकलन गर्ने

निर्वाचन आयोगले बुधबार (असार १ गते)बाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ। आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । ‘सबै निर्वाचन कार्यालयहरू र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयवाट असार १ गतेदेखि मतदाता नामावली सङ्कलन गरिनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा …

पुरा पढ्नुहॊस »

नेपालमा कोरोना : सक्रिय संक्रमितकाे संख्या १०० भन्दा कम

पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै हाल देशभर ९३ जना मात्र सक्रिय संक्रमित रहेका छन् । देशभर २ हजार ३४१ नमूना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तीन दिनको अवधिमा …

पुरा पढ्नुहॊस »

शेयर बजारः ३६ दशमलव शून्य ७ अंकले घट्याे नेप्से

मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। सोमबार १५ दशमलव ८२ अंकले घटेको बजार आज पनि ३६ दशमलव शून्य ७ अंकले घटेर १ हजार ९९६ दशमलव २६ विन्दुमा झरेको हो। मंगलबार २३२ वटा धितोपत्रको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। मंगलबार १३ वटै समूहको …

पुरा पढ्नुहॊस »