काठमाडौं । काठमाडौंको नागढुंगाबाट ४ करोड रूपैयाँसहित ५ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट स्रोत नखुलेको ३ करोड ८९ लाखसहित ४ जना चिनियाँ नागरिक र १ जना नेपाली पक्राउ परेको काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।
तपाईंको प्रतिकृया



