बर्दियामा प्रहरीले गोली चलाउँदा २० वर्षीया युवतीको मृत्यु, स्थानीयको प्रतिकारमा १८ प्रहरी घाइते

काठमाडाैं – बाघ नियन्त्रणको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले बर्दियामा गोली चलाएको छ । गोली लागेर बर्दियाको मधुवन नगरपालिका-२ स्थित आरोली बजारमा एक युवतीको ज्यान गएको छ ।

बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघसहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया-राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए । स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयमाथि बल प्रयाग गर्दा घटना भएको हो ।

घटनामा मधुवन नगरपालिका-२ की करिब २० वर्षीया नविना थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयश सापकोटाले जानकारी दिएका छन् । उनी १२ कक्षाकी विद्यार्थी भएको स्थानीयले जानकारी दिएका छन् । स्थानीयको ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका उनले जानकारी दिए ।

घाइतेमध्ये प्रहरी हवल्दार पार्वता खड्काको अवस्था गम्भीर छ । उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । प्रदर्शनमा उत्रिएका स्थानीय दुई जना घाइते भएका छन् । उनीहरुलाई पनि गोली लागेको स्थानीयले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री