काठमाडौं । मेगा बैंक नेपालले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको वताएकाे छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको जानकारी दिएकाे छ । धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो ।
धरानका मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य र वित्तिय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने जानकारी दिए । बैंकबाट हस्तान्तरण गरिएका डस्बीनहरु भानुचोक वरपर राखिने कम्पनीले वताएकाे छ ।
तपाईंको प्रतिकृया




