हँसिया प्रहार गरी आफ्नै भाइ र छोराको हत्या

रुकुम । पश्चिम रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका ३७ वर्षीय शंकर विष्टले  आफ्नै भाइ र छोराको हत्या गरेका छन् । आक्रमणबाट अन्य दुई जना छोराहरु घाइते भएका छन् । उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।भाइ र छोराहरुलाई आक्रमण गरेपछि शंकरले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  स्थानीयका अनुसार उनको मानसिक सन्तुलन ठिक छैन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री