काठमाडौं । नविल बैंकले गत आर्थिक वर्षमा १२.२२ प्रतिशत नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ४४ करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विववरणमा ब्याज आम्दानी बढेर ६ अर्ब २६ करोड २० लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष ब्याज आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ थियो । नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५२ रुपैयाँ १४ पैसामा सीमित भएको छ । अघिल्लो आवमा बैकको ईपीएस ६० रुपैयाँ ८१ पैसा थियो ।
प्रतिकृया दिनुहॊस