काठमाडौं-१ बाट चुनाव लड्ने ‘इनफ इज इनफ’ का अभियन्ता पुकार बमको घोषणा

काठमाडौं । युवा सामाजिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन् । विवेकशील नेपाली दलका संस्थापक रहेका बम कैलालीका हुन् ।

सत्तारुढ दलहरुको बीचमा मंसिरमा निर्वाचन गर्नका लागि छलफल गरिरहँदा बमले उम्मेदवारी घोषणा गरेका छन् । यस पटक काठमाडौंंका धेरै निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी हुने सम्भावना छ ।

‘इनफ इज इनफ’, अकुपाइ बालुवाटार, गोविन्द केसीको अभियान र संविधान जारी गर्न दबाव दिने अभियानमा उनी सहभागी भएका थिए । बमले कोरोना महामारीको बेला सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै १२ दिनसम्म आमरण अनसन समेत बसेका थिए ।

उनले अहिलेसम्म सडकबाट नागरिकका लागि काम गरेको भन्दै अव संसदमा पुगेर नागरिकको आवाज बोल्नको लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । काठमाडौं-१ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव जितेको क्षेत्र हो । विवेकशील साझाका तत्कालीन अध्यक्ष रविन्द्र मिश्र उनीसँग थोरै मतले हारेका थिए । बम यसअघि काठमाडौं क्षेत्र नम्बर-८ बाट उम्मेदवार बनेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री