ओली र देउवापछि बालेन्द्रले भेटे प्रचण्ड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन् । बिहान खुमलटारस्थित दाहालको निजी निवासमा पुगेर मेयर शाहले प्रचण्डलाई भेटेका हुन् ।

भेटमा प्रचण्डले बालेनलाई बधाई दिए । ‘तपाई जस्तो युवाले नेतृत्व लिनु धेरै खुसीको कुरा हो, यसले माओवादी सिंगो पार्टी र म खुसी छौं,’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘अब तपाईँले कसरी हुन्छ जनताको समस्या समाधानमा ध्यान दिनुहोला, हामीले गर्ने सहयोग गर्नेछौं ।’

प्रचण्डले बालेनको जितलाई ठूलो क्रान्ति भएको बताए । ‘तपाईंको जित बहुत ठूलो कुरा हो । क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग लागेर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो । तर, तपाईंले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ । त्यो सराहनीय छ, त्यसैले हजुरलाई हाम्रो सधैंभरि साथ र सहयोग हुनेछ ।’

बालेनले पनि राजनीति कता लैजाने भन्ने विषयमा मूख्य भूमिकामा प्रचण्ड नै रहेको भन्दै प्रशंसा गरेका थिए । यसअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री