अब पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पुरा गरेपछि मात्र स्वास्थ्य परीक्षण गरिने

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्याल सहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच भएको छलफलमा सरोकारवालाहरूले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

त्यसका लागि अबदेखि पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पुरा गरेपछि मात्रै श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिनेछ । अहिले श्रम स्वीकृतिको प्रक्रिया सुरु नहुँदै दैनिक हजारौँ श्रमिकहरू बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि जाने गरेका छन् । पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पुरा गरी एलटी नम्बर आएपछि मात्र स्वास्थ्य परीक्षणका लागि सूचीकृत स्वास्थ्य संस्थाहरूले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नेछन् ।

नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुकका रूपमा रहँदै आएको मलेसिया रोजगारी लामो समयपछि खुलेकोले स्वास्थ्य परीक्षणको लागि चाप बढेको स्वास्थ्य व्यवसायीहरूको भनाइ थियो ।

छलफलमा स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधानका लागि स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीले संयुक्त वक्तव्य जारी गर्ने, पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पुरा नगरी स्वास्थ्य परीक्षण नगर्ने, नियमअनुसार नगर्ने संस्थाहरूलाई कारबाहीको दायरामा ल्याउने र स्वास्थ्य परीक्षणको विवरण साप्ताहिक रूपमा मन्त्रालयमा बुझाउने निर्णय भएको थियो ।

मन्त्री श्रेष्ठले मन्त्रालयबाट हुने सेवाहरूलाई अनलाइनबाट प्रवाह गरी छिटोछरितो गरिएको बताउनुहुँदै अन्य सम्बद्ध सरोकारवाला संस्थाहरूले पनि श्रमिकलाई दुःख दिन नहुने बताए । वैदेशिक रोजगार सम्बन्धी सेवा दिने संस्थाहरूले समयमै प्रभावकारी सेवा नदिए मन्त्रालयको मिसन पूरा नहुने सचिव अर्यालको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्रक र कन्टेनरबाट ८६ लाख बढीका सामान बरामद

काठमाडौं । सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका सामानसहित ट्रक र …

प्रतिकृया दिनुहॊस