सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइएकाे हाे : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ दिएका छन्।

राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको भावना र सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जानकारी दिए।

समावेशी विकास गर्ने लक्ष्यअनुसार नै वृद्धभत्ताको व्यवस्था गरिएको भन्दै उनले सामाजिक सुरक्षाभत्ता स्वघोषणामार्फत नलिनेलाई राज्यले सम्मान गर्ने व्यवस्था पनि गरिएको बताए। साथै मदन भण्डारी रंगशाला निर्माणको कामअघि बढिरहेको उनले बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने

काठमाडौँ । अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी …

प्रतिकृया दिनुहॊस