नआईसी एसियाको नयाँ म्युचुअल फण्ड: १० हजारको लगानी ३३ हजार बनाउने अवसर

काठमाडाै । एनआईसी एसिया क्यापिटल NIC Asia Capital ले जेठ १९ गते देखि एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड नामको सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएकाे छ। यो योजना १ अर्ब आकारको बन्दमुखी प्रकृतिको योजना हो । क्यापिटलले योजनाको प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्न लागेको कम्पनीले वताएकाे छ।

यसमा पुँजी वापत न्युनतम १ करोड ५० लाख कित्ता वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक एनआईसी एसिया बैंकको लागि सुरक्षित गरिएको छ । बाँकि रहेको न्युनतम ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने कम्पनीले वताएकाे छ।

यसमा निष्काशनमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकैईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा जेठ २४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असार २ गतेसम्म आवेदन दिन सकिने छ । यो योजना एनआइसी एसिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने छ । यो ७ वर्षे अवधिको योजना हो ।

क्यापिटलले उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १ सय ३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरेको छ । क्यापिटलले गरेको प्रक्षेपणको आधारमा अहिले १० हजार लगानी गर्नेले ७ वर्षको अवधिमा करिब २३ हजार प्रतिफल पाउनेछन् । आफुले लगानी गरेको १० हजार सहित ७ वर्षमा ३३ हजार फिर्ता हुने छ । अर्थात् लगानी दोब्बर भन्दा पनि बढी हुने कम्पनीले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मनकामना केबुलकार २७औँ वर्षमा प्रवेश

काठमाडौं । मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) २७औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले …

प्रतिकृया दिनुहॊस