काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरभित्रका रेस्टुरेन्टलाई पब्लिक बनाउने निर्णय लिएसँगै कार्यान्वयन सुरू भएको छ । काठमाडौंका रेस्टुरेन्टले मेयर बालेन्द्र साहको पहललाई साथ दिन थालेका छन् । केहि दिन अगाडि वर्गर बाँडेका थिए । मेयरका रूपमा पदभार ग्रहण गरेकै दिन साहले नगर कार्यपालिकाको बैठक डाकेर काठमाडौंका रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेका थिए । साे निर्णय अनुसार नरसिंह चोक मार्ग, काठमाडौँमा रहेको आरडिएक्स रेस्टुरेन्ट, ट्याटू र बारले आजबाट आफ्नो शौचालयलाई सार्वजनिक बनाएको जनाएकाे छ ।
रेस्टुरेन्ट, ट्याटू र बारका सञ्चालक उमेन्द्र श्रेष्ठले आफ्नो बारको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग सुरु गरेको बताए । महानगर वा अन्य कुनै निकायसँग पनि छलफल नगरी एकल निर्णय गरेको उनले जानकारी दिए ।
तपाईंको प्रतिकृया




