अर्थमन्त्रीले राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडाैँ । राष्ट्रियसभा बैठक पनि आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८/७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेस भएको किशोरी बलात्कारसम्बन्धी घटनामा हदम्याद पूर्ण रूपमा हटाउन माग गरिएको संकल्प प्रस्तावबारे पनि छलफल हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री