काठमाडाैं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । खाँणले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मत अन्तरले पराजित गरेका हुन् ।
खाँणले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने फराकिलो मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरी विजयी भएकी छिन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे ।
तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर हो । नगरप्रमुखमा निर्वाचित रामकृष्ण खाँण गृहमन्त्री खाँणका सहोदर भाइ हुन् ।
१७ वडा रहेको तिलोत्तमामा नेपाली कांग्रेसले ९ र एमालेले ८ वटा वडा जितेको छ । कुल मतदाता ८५ हजार सात सय ४७ रहेकामा निर्वाचनमा ६३ हजार ५८८ मत खसेको थियो ।
प्रतिकृया दिनुहॊस