चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

काठमाडाैं – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४, वाङलामा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । गुल्मी घर भई सन्धिखर्कस्थित मामाघर बस्ने सात वर्षीय सम्राट नेपालीलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मामाघर बसेर पढ्दै आएका नेपाली वाङलाको अमलडाँडामा स्कुल गएर फर्किएपछि खाजा खाएर खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाले घर भन्दा करिब एक किमी टाढा लगेर बायाँतर्फको साप्राको पुरै भाग खाएको अवस्थामा घर परिवार तथा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अम्मर थापाले जानकारी दिए ।

गुल्मीको रेसुङ्गा घर भएका नेपाली सन्धिखर्क-४, वाङला अमलडाँडास्थित आफ्नो मामा लालबहादुर नेपालीको घरमा बस्दै आएका थिए । भगवती आधारभुत विद्यालयमा कक्षा २ मा अध्ययनरत नेपालीको बेलुका ७ बजे यस्तो घटना घटेको स्थानीयले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस