मुक्तिनाथ विकास बैंककाे रेमिट्यान्स मुद्धतीमा १३ र व्यक्तिगतमा १२ प्रतिशत ब्याज दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई व्यक्तिगत मुद्दती खाताहरुमा जेठ महिनाका लागि याेजना ल्याएको वताएकाे छ । बैंकले जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ प्रतिशतको वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ प्रतिशतको वार्षिक ब्याजदर प्रदान गरेको छ ।

याे याेजना अन्तर्गत बैंकमा न्यूनतम पाँच हजारको मुद्धती खाता खोल्न सकिने भएकाे छ भने त्सयमा अवधि  न्यूनतम ३ महिना देखि १५ वर्षसम्म ग्राहकले रोज्न सक्नेछन् । यस खाताबाट बचत गर्न चाहने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको वताएकाे छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् …

प्रतिकृया दिनुहॊस