काठमाडौं सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित, शिक्षकले दुर्व्यवहार गरेको आरोप

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थी आन्दोलनमा उत्रिएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिएका छन् । आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी गरेका छन् ।

ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ । ‘के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गराउँदैछौं’, एसएसपी गिरीले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सभामुख कम्बोडिया गएका बेला संसद्का सचिवले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस