काठमाडौं अपडेट : दोस्रो स्थानबाट स्थापितलाई सिर्जनाले गरिन् विस्थापित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रस्थान कायम गरिरहँदा दोस्रो स्थानमा तीव्र प्रतिस्पर्धा छ ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितलाई उछिनेकी छन् । अहिलेसम्म सिर्जनाको २१२९९ मत आएको छ भने स्थापितले २१००८ मत ल्याएका छन् । सिर्जनाको मत केशवको भन्दा २९१ले बढी हो ।

पहिलो स्थानमा रहेका बालेन उनीहरूभन्दा धेरै अगाडि छन् । उनको लौरो चिन्हमा ३८३३३ मत आएको छ । पछिल्लो पटक कांग्रेस र एमालेसँग बालेनको प्रतिशत मतान्तर केही कम भए पनि अग्रता निकै फराकिलो छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

काठमाडौं । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ …

प्रतिकृया दिनुहॊस