देशभर चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज हावाहुरी र चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सभामुख कम्बोडिया गएका बेला संसद्का सचिवले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस