वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको ५७२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। हालसम्मको नतिजामा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ।
२०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको कांग्रेसले २०७९ मा आइपुग्दा नतिजामा सुधार गरेको हो। कांग्रेसले हालसम्म २५३ स्थानीय तहमा जित हासिल गरेको छ ।
यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ। नतिजाअनुसार एमालेले १६५ स्थानीय तह जितेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार अझैपनि कांग्रेसले ६७ स्थानमा अग्रता बनाएको छ भने एमालेले ३४ स्थानमा अग्रता बनाएको छ। १०५ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १३ स्थानमा अझै अग्रता बनाएको छ।
यस्तै जनता समाजवादी पार्टी, नेपालले १६ स्थान जितेकाे छ भने १८ स्थानमा अग्रता लिएकाे छ। एकीकृत समाजवादी पार्टीले १२ स्थानमा विजय हासिल गर्दा ७ स्थानीय तहमा अग्रता कायमै गरेको छ। अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २१ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता रहेको छ।
प्रतिकृया दिनुहॊस