काभ्रेको भुम्लु गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षमा जित हात पारेको छ। यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । यहाँ दुवै पदमा गठबन्धनले जित हात पारेको हो।
प्रमुखमा माओवादीका प्रेमबहादुर भुजेल विजयी भए । उनले ५७९२ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका प्रेमकुमार लामाले ४५६८ मत पाए।
यस्तै उपाध्यक्षमा कांग्रेसका जितेन्द्रमान तामाङले ६०९८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेकी कल्पना कुमारी श्रेष्ठले ४०२९ मत पाइन् ।
गाउँपालिकामा १० वटा वडा रहेको मध्ये ३,४,६,७ र १० मा एमाले, २, ५ र ९ मा कांग्रेस, १ मा माओवादी र ८ मा एकीकृत समाजवादीले जित हात पारेका छन्। जिल्लामा सबै मतगणना सकिनेमा भुम्लु पहिलो पालिका हो ।
तपाईंको प्रतिकृया




