जजिरा एयरको जहाज गौतमबुद्ध विमानस्थलमा, मंगलबार कुबेत उड्ने

काठमाडाैँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो ।

२५ सय ६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

जजिराले मंगलबार बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ ।

आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उनले बताए । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् । एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस