काठमाडौँ महानगरको मतगणना शुरु हुन सकेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अझै पनि मतगणना सुरु हुन सकेको छैन । बिहान ८ बजेदेखि नै मतगणना गर्ने बताइए पनि अहिलेसम्म हुन सकेको छैन ।

स्वतन्त्र उम्मेदवारले प्रतिनिधि राख्न नपाउने भन्ने विषयमा राति विवाद भएको थियो । तर अहिलेसम्म पनि कतिबेलाबाट मतगणना हुने भन्ने स्पष्ट हुन सकेको छैन ।

महानगरपालिकामा वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री