मतदानपछि प्रधानमन्त्री देउवाले भने- चुनाव हुँदैन भन्नेहरु गलत साबित भए

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भन्नेहरु गलत साबित भएको बताएका छन् । बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा मतदान गरेपछि देउवाले यस्तो बताएका हुन् ।

चुनाव नहुने बताइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयम् चुनावमा सहभागी प्रधानमन्त्री देउवाको भनाई छ । ‘ओलीले चुनाव हुँदैन हुँदैन भन्थे तर आज उनीहरु नै चुनावमा सहभागी भएका छन्,’ कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘चुनाव हुँदैन भन्नेहरु गलत साबित भए ।’

स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री देउवा धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरबाट रुवाखोलाका पुगेका थिए । उनी काठमाडौँ जाने तालिका रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस