काठमाडाैँ । मतदान गर्न जाँदा पालना गर्नुपर्ने नियमबारे निर्वाचन आयोगले जानकारी गराएको छ । निष्पक्ष र भयरहित निर्वाचनका लागि मतदान गर्न जाँदा आयोगले प्रयोग नगर्नू र साथमा नबोक्नु भनेका सामग्री नलैजान आग्रह गरेको छ ।
जसअर्गत राजनीतिक दल वा उमेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन पाइने छैन । कुनै राजनीतिक दल वा उमेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक वा अन्य चिजवस्तु लगाउन, बोक्न वा देखाउन पाइने छैन ।
‘कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवम् आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने व्यवस्था छ,’ आयोगले भनेको छ, ‘मतदाताले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोवाइल क्यामेरा र फोटो खिच्ने सामग्री, सलाई, लाईटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू बोक्न पाइने छैन ।’
कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न पाइने छैन । मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार पैmलाउने वा कुनै अवरोध गर्ने काम गर्न अथवा गराउन नहुने जनाएको आयोगले कसैको दल वा उमेदवारको झण्डा वा चिह्न अंकित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।
कसैको पक्ष विपक्षमा सामाजिक संजाल मार्फत् कुनै कुरा प्रकाशन प्रसारण र संप्रेषण गर्न नहुने पनि आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन आज हुँदैछ ।
प्रतिकृया दिनुहॊस