काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचनलक्षित पत्रकार सम्मेलन गर्ने भएको छ । आज बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीले पत्रकार सम्मेलन गर्न लागेको हो ।
निर्वाचनको तयारीलगायत विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत मतदातालाई अपिल गरिने जनाइएको छ ।
भोलि रातिबाट मौन अवधि लागु हुँदै छ । मौन अवधि लागु भएपछि राजनीतिक कार्यक्रम गर्न पाइने छैन ।
तपाईंको प्रतिकृया




