कोरोना अपडेटः थप १७ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार १० नमूना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २२ हजार १०६ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री