प्रधानमन्त्री देउवा आज तनहुँ जाँदै

काठमाडाैँ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावीसभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा दमौली जान लागेका हुन् ।

सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । व्यास नगरपालिका-३ अनसनचौतारीमा चुनावीसभा आयोजना गरिएको छ ।

नेपाली कांग्रेसबाट सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै उम्मेदवार छन् । नगर प्रमुख न्यौपाने दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस