पाँचदलीय गठबन्धनद्वारा सडक अवरुद्ध गरेर सभा

सत्तारुढ पाँचदलीय गठबन्धनले शुक्रबार निर्वाचन आचारसंहिता, २०७८ को उल्लंघन गर्दै राजधानी काठमाडौंमा सभाको आयोजना गरेका छन्। वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी आज रत्नपार्क र शान्तिवाटिकाको बीच सडकमा पाँच दलले सभाको आयोजना गरेका छन् ।

सभालाई पाँचदलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।

अहिले कार्यक्रमको मञ्चमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंह लगायतका नेताहरु रहेका छन्।

निर्वाचन आचारसंहितामा सार्वजनिक आवागमनमा अवरोध हुने गरि कुनै पनि किसिमको आमसभा, कोणसभा, भेला गर्नन हुने उल्लेख गरिएको छ। तर पाँच दलीय गठबन्धनले मुल सडक नै अवरुद्ध गरेर सभाको आयोजना गरेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस