सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ६ सयले घटेको छ ।

शुक्रबार सुनको मूल्य तोलाको ९८ हजार कायम भएको छ । यस अघि बिहीबार सुन तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ५ सय निर्धारण भएको छ ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार १३०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री