सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ६ सयले घटेको छ ।

शुक्रबार सुनको मूल्य तोलाको ९८ हजार कायम भएको छ । यस अघि बिहीबार सुन तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ५ सय निर्धारण भएको छ ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार १३०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस