काठमाडाैँ । भोजपुरको षडानन्द नगरपालिकास्थित बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर एक अढाइ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाका आमा-बुबा घाइते भएका छन् ।
आगलागीमा स्थानीय खेममणि तामाङकी अढाइ वर्षीया छोरी रेश्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राई जानकारी दिए । उनका अनुसार खेममणि तामाङ र उनकी श्रीमती मिना तामाङलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
यस्तै आगलागीबाट चार घर जलेर नष्ट भएको छ । खेममणि तामाङको पसलबाट शुरु भएको आगोले उनको घरसहित पसल, डम्बर तामाङको दुई वटा घर तथा त्यस घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको घर तथा होटल र त्यही घरमा रहेको सूर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



