काठमाडाैँ । नेपाली कांग्रेसले काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ । आज दिउँसो १ बजे शान्तिबाटिकामा चुनावी सभा गर्ने भएको हाे ।
सभालाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसले वैशाख २१ देखि २७ गतेसम्म देशका १० सहरमा चुनावी सभा गर्ने बताएको छ ।
तपाईंको प्रतिकृया




