आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। उक्त मुद्दामा सरकारी पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि बहस लम्बिएको हो।

सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै पोखरेलले वारेसनामा मार्फत सोमबार रिट दायर गरेका थिए।

रिटमाथि आज पहिलो बहस भएको हो। आज दिनभर बहस नसकिएपछि भोलिका लागि सारिएको छ। महान्यायाधीशवक्ताको कार्यालयले समेत बहसमा सहभागी हुन पाउनु पर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो। सोही आधारमा महान्यायाधीवक्ता खम्बबहादुर खाती पनि बहसमा सहभागी भए।

रिटमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए। नवनियुक्त आईजीपी सिंहको तचर्फबाट समेत अधिवक्ताहरूले बहस गरेका थिए।

उनको तर्फबाट महान्यायाधिवक्ता खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए। बहसको क्रम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस