बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

काठमाडाैँ । बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । डिलाशैनी गाउँपालिका-५ बाट गठबन्धन तर्फका वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो ।

नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टकाअनुसार साउँदलाई एक घरबाट अर्को घर जाने क्रममा बिच बाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको हो । घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको ट ।

घटनाबारे जानकारी आएको र थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । निर्वाचनको मिति नजिकिँएसँगै विभिन्न जिल्लामा झडपका घटनाहरू भइरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैंका लागि भित्रिन थाले खसीबोका, खाद्यले शनिबारदेखि बिक्री गर्ने

काठमाडौं । दसैँलाई लक्षित गरेर निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यका भित्र्याउन थालेका छन् । बुधबार पहिलो लटमा दुुई सय सङ्ख्यामा मुुस्ताङबाट च्याङ्ग्रा आइपुुगेको चौपाया खरिद बिक्री सङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds