बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

काठमाडाैँ । बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । डिलाशैनी गाउँपालिका-५ बाट गठबन्धन तर्फका वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो ।

नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टकाअनुसार साउँदलाई एक घरबाट अर्को घर जाने क्रममा बिच बाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको हो । घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको ट ।

घटनाबारे जानकारी आएको र थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । निर्वाचनको मिति नजिकिँएसँगै विभिन्न जिल्लामा झडपका घटनाहरू भइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य