फाइल फाेटाे

काठमाडाैँ महानगरकाे उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैँ । सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ । उनी आसन्न स्थानीय तहकाे निर्वाचनका लागि काठमाडाैँ महानगरपालिकामा नेकपा एमालेकाे तर्फबाट उपमेयरकी उम्मेदवार हुन् । उनीविरुद्ध आयाेगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको उजुरी परेकाे हाे । निवेदकले आफू काठमाडाैँ महानगरपालिकाकै स्थायी बासिन्दा रहेकाे खुलाएका छन् ।

उजुरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्षसम्म काठमाडाैँ महानगरको शहरी विकास परियोजनाको सल्लाहकारकाे रूपमा नियुक्ति लिइ तलब-सुविधा बुझेकाे आराेप छ । काठमाडाैँ महानगरपालिकामा रहेको शहरी विकास परियोजनाज विज्ञ सल्लाहकारसँग प्राविधिक विषयको राम्राे ज्ञान हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको उनलाई नियुक्ति दिइएको भन्दै त्यसकाे अध्ययन अनुसन्धान गर्नुपर्ने माग उजुरीमा गरिएकाे छ ।

उजुरी वैशाख १६ गते नै दर्ता भइसकेकाे बताइएकाे छ । उजुरीमा उनकाे नियुक्तिको सम्पूर्ण फाइल महानगरबाट झिकाइ भ्रष्टाचार निवारण ऐनअनुसार कसूर सजाय गराइ प्राप्त गरेको रकम तथा जरिवानासमेत असुलउपर गराउन माग गरिएको छ ।

अख्तियारमा उक्त उजुरीकाे दर्ता नम्बर सी-०३२५३१, ०७९-०१-१६, १५२६२३८५ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरो : यी सडक अझै अवरूद्ध (नामसहित)

काठमाडौं । अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छन् । प्रहरी प्रधान कार्यालयले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds