भारतका प्रधानमन्त्री मोदी र जर्मन चान्सलरबीच भेटवार्ता

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर अलाफ स्कोल्जबीच भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणका क्रममा हिजो जर्मनी पुगेका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा चान्सलर स्कोल्जलाई भेटेका हुन् ।

भेटमा भारत र जर्मनीबीच आपसी सहकार्यका बारेमा कुराकानी भएको छ । साथै रुसले युक्रेनमा गरेको आक्रमण, दुई देशले खेल्न सक्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको समाचार संस्था एएनआईले जनाएको छ । प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क र फ्रान्सको पनि भ्रमण गर्ने तालिका रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस