गोकुल बाँस्कोटाले धोका दिएको भन्दै बनेपाका मेयरद्वारा एमाले परित्याग

बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। स्थानीय तहको निर्वाचनको टिकट वितरणमा असन्तुष्टी जनाउँदै मेयर बादेले शनिबार पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेका हुन् ।

मेयर बादेले एमालेको साधारण सदस्यतासमेत त्याग गरेको घोषणा गरेका छन् । तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको समेत उनले बताए ।

एमाले पोलिटब्युरो सदस्य तथा काभ्रेका इन्चार्जसमेत रहेका गोकुलप्रसाद बाँस्कोटाले आफूलाई अन्तिम समयमा धोका दिएको बादेले बताए । ‘टिकटको बारेमा गोकुलजीसँग कुरा गर्दा तपाईं नै हो, तपाईं नै भन्ने कुरा भयो, तर पछि मेरो फोन नउठाउने, भेट्नै नखोज्ने गर्न थाल्नुभयो’, उनले भने ‘तर तपाईं नै भनेर मलाई झुक्याउनु भएको रहेछ, मलाई आश्वासन मात्र दिइएको रहेछ।’

सल्लाह गरेको भए आफू मान्ने पक्षमा भएको उनले बताए । मेयरका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएको थियो । एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई मेयर र उपमेयरमा अखिल नेपाल महिला संघ काभ्रेकी अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ।
बादेले टिकट पाउने रञ्जितले पनि आफूलाई धोका दिएको बताए ।

एमाले बनेपा नगर कमिटीका पूर्वअध्यक्ष रहेका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस